राजनीति News

'१४ जना राजदूतको नाम फिर्ता लिएर सरकारले गल्ती गर्याे ' - माधवकुमार नेपाल

'१४ जना राजदूतको नाम फिर्ता लिएर सरकारले गल्ती गर्याे ' - माधवकुमार नेपाल
madhav-kumar-nepal.-harekpalpg साउन - २२ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको बताएका छन् । रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै नेता नेपालले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता लिएर सरकारले दलहरुबीचको दूरी झनै बढाएको दाबि गरे । सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले सिफारिस गरेका एमाले र नेकपा (माओेवादी केन्द्र)का कोटामा परेका १४ राजदूतको नाम सरकारबाट फिर्ता लिने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सरकारले गरेका राम्रो कामको साथ दिने भन्दै उनले अघिल्लो सरकारले गरेको सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताउँदै सबै दल मिलेर संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको स्पष्ट पारे । निम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चले प्रेस काउन्सिलमा सदस्य गोविन्द चौलागार्इंलाई सम्मान गरेको थियो । कार्यक्रममा एसएलसीमा उत्कृष्ट अङ्क ल्याउने, रक्तदान गर्नेलाई सम्मान गरिएको अध्यक्ष गौतमले जानकारी गराए । रासस

madhab nepal

विशेष