News

'निर्वाचन पछाडि धकेल्ने षड्यन्त्र भइरहेकाे छ ।' - ईश्वर पोखरेल

'निर्वाचन पछाडि धकेल्ने षड्यन्त्र भइरहेकाे छ ।' - ईश्वर पोखरेल
ishwor pokhrel साउन - २२ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारले निर्वाचन पछाडि धकेल्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। भक्तपुरको सूर्यविनायकमा आज एमाले भक्तपुर नगर कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले आलोपालो सरकार सञ्चालनको सहमतिले चुनाव अझै पछाडि धकेलिने बताएका छन् । स्थानीय निकायको निर्वाचन आगामी चैतमा गर्ने वर्तमान सरकारले जनाए पनि त्यसलाई पछाडि धकेल्ने र २०७४ माघसम्ममा गर्नै पर्ने केन्द्रीय तहसम्मको निर्वाचन नगर्ने षड्यन्त्र भइरहेको आरोप पनि उनले लगाए । सरकारबाट बाहिरिनु पर्दैमा एमाले आत्तिनु नपर्ने बताउँदै पोखरेलले नौ महिनाको अवधिमा एमालेको नेतृत्वको सरकारले जनताको पक्षमा काम गरेकाले जनताको साथ एमालेलाई रहने जिकिर गरे । रासस

Ishwor Pokharel

विशेष