News समाज

वागमती सफाइको १६९ औं हप्तामा १० मेट्रिक टन फोहोर व्यावस्थापन

वागमती सफाइको १६९ औं हप्तामा १० मेट्रिक टन फोहोर व्यावस्थापन
bagmati साउन २२ । वागमती सफाइको १६९ औं हप्ता पूरा भएसँगै शनिबार बल्खुपुलको ललितपुर क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा समाजसेवी विनित अग्रवालले सफाइका लागि ५० जोर गम बुट, ५० वटा थुन्चे, १०० जोर पञ्जालगायत सामग्री हस्तान्तरण गरे । पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापालगायतका अभियानकर्मीको सहभागिता रहेको उक्त साप्ताहिक सफाइ कार्यक्रममा रहेको थियो । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नवजीवन विद्यालय सामाखुसी, सिजन मिडियाद्धारा आयोजीत मिस टिन कलेज प्रतीयोगीतामा सहभागी २५ प्रतिष्पर्धी र अभिभावकलगायतको सहभागिता रहेको वागमती समितिका सदस्य नारायण श्रेष्ठले जानकारी दिए ।

bagmati fohoro

विशेष