News

जिल्ला शिक्षा कार्यालयमा कुटाकुट

जिल्ला शिक्षा कार्यालयमा कुटाकुट
साउन २२ । जिल्ला शिक्षा कार्यालय काभ्रेमा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र गुरुङ र शाखा अधिकृत बालकृष्ण सिंखडाबीच कार्यालयमा भनाभनपछि हात हालाहाल भएको छ । विद्यालयमा पठाएको निकासा रकमको विषयमा विवाद हुँदा झडप भएको हो । शुक्रवार शिक्षा अधिकारी गुरुङले निकासाको बारेमा गुनासो आएको भन्दै जानकारी मागेका थिए । कडा रुपमा प्रस्तुत भएका गुरुङलाई सिंखडाले पनि कडा प्रतिवाद गरेपछि गुरुङले मुख थुनिदिने प्रयास गरेका थिए । शाखा अधिकृत सिंखडाले सामान्य कुराको विवादले उग्र रुप लिएको बताए । सिंखडाका अनुसार, फर्जी विवरण पेश गरेर कार्यलय सहयोगी बापतको निकासा लिइरहेको धनेश्वर प्रा.वि.को बढी गएको रकम फिर्ता गर्न खोजेका थिए । गुरुङले भने आफूले अनियमितताको आरोप लगाउन नखोजको भन्दै जानकारी लिन खोज्दा आक्रमण गरेको दाबी गरे । उनले कार्यालयमा सुधार गर्न खोज्दा कर्मचारीले असहयोग गर्दै आएको दाबी गरे । सामान्य विषयलाई अतिरञ्जित गर्न खोजेको आरोप लगाए । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले पनि एक विज्ञप्ती जारी गरेर घटनाको भर्त्सना गर्दै सुरक्षित रुपमा काम गर्ने व्यवस्था गर्न माग गरेको छ ।

विशेष