अर्थ ताजा खबर News

विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा हिमालय एयरलाइन्सलाई कार्यालय खोल्ने सुविधा

विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा हिमालय एयरलाइन्सलाई कार्यालय खोल्ने सुविधा
Himalaya Airlines’ first new Airbus 320-214 aircraft welcomed by a traditional water cannon salute at Tribhuvan International Airport, in Kathmandu, on Wednesday. Photo: Courtesy Himalaya Airlines

साउन २३ । नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा कार्यालय खोल्ने सुविधा दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको ठाडो निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई कुनै प्रक्रिया पूरा नगरी उपलब्ध गराएको हो । हिमालय एयरलाइन्सका लगानीकर्ता ओलीनिकट भएकै कारण कम्पनीले यो विशेष सुविधा पाएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

ओलीले चीन भ्रमणमा जाँदासमेत एओसी नै नलिएको सोही एयरलाइन्स प्रयोग गरेका थिए । हिमालयलाई यसरी संवेदनशील स्थानमा जग्गा उपलब्ध गराइँदा विमानस्थलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्नुका साथै सार्वजनिक खरिद ऐनसमेतको उल्लंघन भएको छ । हिमालयले विमानस्थलको सिनामंगलतर्फ नेपाल आयल निगमले हवाई इन्धन भण्डारण गर्ने ट्यांकीनजिक कार्यालयसमेत स्थापना गरिसकेको छ । कारोबार दैनिक

Himalaya Airlince

विशेष