ताजा खबर प्रवास रोजगार News

मलेसिया कामदार पठाउन पुनः खुल्ला

मलेसिया कामदार पठाउन पुनः खुल्ला

Malasiya

साउन २३ । मलेसिया कामदार पठाउन पुनः खुला भएको छ । अगस्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय गरेको हो । अब नेपालसहित १५ वटा मुलुकबाट त्यहाँ कामदार जान पाउनेछन् । झन्डै सात महिना देखि मलेसिया कामदार पठाउन बन्द हुँदा नेपाललाई सबैभन्दा बढी मार परेको थियो । यो सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो ।

रेमिटेन्स पनि सबैभन्दा धेरै यही देशबाट आउने गरेको छ । मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ । यसअघि १४ वटा देशलाई स्रोत मुलुकमा राखिएकामा बंगलादेश थपेर १५ वटा पुर्याएको हो । बगंलादेश खुुला गरेपछि नेपालीलाई भने कामदार पठाउन खुला भए पनि तुलनात्मकरुपमा घाटा हुनेभएको छ । विगतमा मलेसियाले बंगलादेश बन्द गरेको कारण नेपाली कामदारले अधिक अवसर पाएका थिए । यसअघि बंगालादेशी कामदारले विभिन्न समस्या खडा गरेको भन्दै मलेसियाले लिन रोकेको थियो । अन्नपूर्णपोष्ट

Nepali worker

विशेष