खेल ताजा खबर News

ब्राजिलमा जारी रियो ओलम्पिकको पहिलो स्वर्ण अमेरिकालाई

ब्राजिलमा जारी रियो ओलम्पिकको पहिलो स्वर्ण अमेरिकालाई

Rio साउन २३ । ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा पहिलो दिन दक्षिण कोरिया, अमेरिका, अर्जे्न्टिना, बेल्जियम र हंगेरी, रुस र भिएतनामले स्वर्ण पदक जितेका छन् । अमेरिका र दक्षिण कोरियाले एक स्वर्ण र एक रजत पदक जितेका छन् । त्यस्तै अर्जेन्टिना, बेल्जियम, हंगेरी, रुस र भिएतनामले एक एक स्वर्ण पदक जितेका छन् । अहिलेसम्म एक रजत र तीन कास्य गरी चार पदक जितेको चीनले स्वर्ण भने जित्न सकेको छैन ।

रियो ओलम्पिक २०१६ को पहिलो स्वर्ण पदक अमेरिकाकी गिन्नी थ्रेशरले जितेकी हुन् । उनले महिला तर्फको १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन् । १९ वर्षकी थ्रेशरले चीनकी सन् २००६ की विश्व च्याम्पियन डु लीलाई पछि पारेर २०८ स्कोर गर्दै स्वर्ण जितेकी हुन् । त्यस्तै भिएतनामले इतिहासमै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ । भिएतनामका विन्ह सुआन होआंगले पुरुष तर्फको १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन् । यता डोपिङका कारण विवादमा परेको रुसले जुडोबाट रियो ओलम्पिकमा पहिलो स्वर्ण जित्यो । ६० किलोमुनिको तौल समूहमा रुसका बेसलान मुड्रनोभले स्वर्ण पदक जितेका हुन् ।

Rio Olampics

विशेष