ताजा खबर विदेश News

इरानमा परमाणु वैज्ञानिकलाई फाँसी

इरानमा परमाणु वैज्ञानिकलाई फाँसी

Iran

साउन २३ – इरानमा एक वैज्ञानिकलाई फाँसी दिइएको छ । सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिक शाहराम अमिरीलाई फाँसीको सजाय दिइएको वैज्ञानिकको परिवारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । वैज्ञानिक अमिरीकी आमाले आफ्नो छोराको शव अन्तिम संस्कारका लागि सरकारले आफूहरुको जिम्मा लगाएको जानकारी दिइन । अमिरीको घाँटीमा डोरीको डाम रहेको परिवारले बताएको छ ।

अमिरीको इस्लामिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । अमेरिकाबाट फर्किएपछि वैज्ञानिक अमिरीलाई पक्राउ गरेर गोप्य स्थानमा राखिएको थियो । अमिरीले अमेरिकाको सिआइएले आफूलाई जबरजस्ती पक्राउ गरेको आरोप पनि लगाएका थिए । उनलाई इरानको परमाणु कार्यक्रमका बारेमा गहन जानकारी रहेको केही रिपोर्टमा उल्लेख छ । सन् १९७७ मा जन्मिएका अमिरी सन् २००९ मा हज गएपछि बेपत्ता भएका थिए । पछि उनी अमेरिकामा सर्वाजनिक भएका थिए । उनले आफूलाई अमेरिकी गुप्तचर विभाग सिआइएले अपहरण गरेको बताएका थिए । सन् २०१० मा तेहरान फर्किदा उनको भव्य स्वागत भएको थियो । तर पछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

Iran

विशेष