खेल ताजा खबर News

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

Barca

साउन २३ । करिब ९० हजार दर्शकमाझ भएको खेलमा लिभरपुलले बार्सिलोनालाई ४–० को लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको मैत्रिपूर्ण खेलमा लिभरपुलसंगे बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको हो । लिभरपुलले १५ औं मिनेटमा साडिओ मानेको गोलबाट अग्रता लिएको थियो ।

बार्सिलोनाका जाभियर मासेरानोले आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर भयो । लिभरपुलका पूर्व स्ट्राइकर लुइस स्वरेज र लिओनल मेस्सी खेले पनि बार्सिलोनाको हार टार्न सकेनन् । दुबैले ७५ मिनेट मैदानमा विताएका थिए ।

Barcilona football

विशेष