शिशाको पुल बनाएर लाखौं पर्यटक तान्छ चीनले, नेपालमा किन नबनेको होला ?
एजेन्सी–चीनमा उच्च पहाडी क्षेत्रमा शिशाको पुल बनाउने काम भइरहेको छ त्यसको एक क्षेत्र अहिले पर्यटकहरुका लागि खुला गरिएको छ । हुनान प्रान्तको जांगजियाजी राष्ट्रिय निकुञ्जमा बनाइएको क्लाइङ ड्रागन पाथको एक भाग पर्यटकको लागि गएको सोमबार खुल्ला गरिएको थियो ।
तियानमन पहाडको निक्कै भिरालो चट्टानमा जोडिएको पुलमा पारदर्शी शिशा राखिएको छ । १०० मिटर लम्बाइको पुलमा ९९ वटा मोडहरु छन् । जसलाई उचाई र गहिराईदेखि डर लाग्दैछ उनका लागि फोटो खिच्ने सबैभन्दा उत्कृष्ट स्थान यो हुनसक्छ ।
यसअघि जांगजियाजी राष्ट्रिय निकुञ्जमा पर्यटकको लागि ४३० मिटरको उचाइ र ३०० मिटरभन्दा बढी गहिरो गल्छीमा शिशाको झोलुंगे पुल निर्माण गरिएको थियो । यसलाई संसारकै सबैभन्दा लामो शिशाको पुलसमेत मानिएको छ । यस पुलबाट ३०० मिटर गहिरो गल्छीको दृश्य पूर्णतः देख्न सकिन्छ ।
सर्वसाधारणलाई डर नलागोस भनेर उक्त स्थानमा सुरक्षाकर्मी र निकुन्जका अधिकारीहरुले कार समेत कुदाएका थिए ।
China