News

बीयर पिउनुहुन्छ ? - हाेसियार

बीयर पिउनुहुन्छ ? - हाेसियार
bear विश्व बजारमा अत्याधिक प्रयोग हुने र मन पराइने पेय पदार्थमध्ये एक हो बीयर । अत्याधिक बीयर पिउनाले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ तर त्यसलाई सहि मात्रामा पिउने हो भने फाईदाहरु पनि धेरै छन् । चिया र कफी पछिको सर्वाधिक मनपराइएको पेयपदार्थ हो बीयर । त्यसैले थाहा पाईराखौँ बीयरका फाइदाहरु बीयरमा धेरै प्रकारका पोषक तत्वहरु हुन्छन् । बीयरमा फाईबर, भिटामिनले भरपुर नियासिन, पेटोथेनिक एसिड, फोलेट, रिबोफ्लोविन पाइन्छ । साथै बीयरमा ‘भिटामिन बी सिक्स’ र ‘भिटामिन बी टुएल्भ’ पनि पाईन्छ भने सिलिकनले भरपुर हुन्छ । हड्डीहरुलाई बलियो बनाउनका लागि बीयर पिउन सकिन्छ । यदि सहि मात्रामा पिउनुभयो भने बीयर मुटुका लागि पनि फाइदाजनक हुन्छ । डी रिसेरिया ई क्यूरा, इटली फाउण्डेशनको अध्ययन अनुसार दैनिक पिंट अर्थात ५६८ एमएल बीयर पिउनाले मुटुको रोग लाग्ने सम्भावना ३१ प्रतिशत कम हुन्छ । हावर्ड यूनिभर्सिटीमा भएको अध्ययनलाई हेर्ने हो भने पनि कोलस्ट्रोललाई कम गर्नका लागि दैनिक थोरै मात्रामा बीयर पिउन सकिन्छ । -एजेन्सीको सहयोगमा

bear hosiyar

विशेष