नेपाल टेलिकमको रिचार्जमा देखिएको समस्या सुल्झियो
साउन २३ । नेपाल टेलिकमको ‘एनटी रिचार्ज’ कार्ड स्काई प्रिपेड फोनमा पनि प्रयोग गर्न सकिन्छ । तर यस रिचार्जमा देखिएको समस्या ३८ घण्टापछि मात्र सुल्झिएको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यका अनुसार आधा घण्टाको सफ्टवेयर अपटेडको काम सफल नहुँदा ३८ घण्टासम्म रिचार्जमा समस्या देखिएको हो ।
शनिबार बिहानैबाटै भौचर म्यानेजमेन्ट रिचार्ज कार्ड पुरानो भएको भन्दै क्षमता वृद्धिका लागि सफ्टवेयर अपडेटको काम थाल्दा समस्या भएको हो । उनका अनुसार १ करोड ४७ लाख भन्दा बढी ग्राहकको नम्बर अपडेट गर्दा समय लागेको हो ।
‘यति लामो समयसम्म रिचार्जमा समस्या आउने थाहा भएको भए ग्राहकलाई सार्वजनिक सूचना जारी गर्ने थियौँ’ आचार्यले भने । ‘३८ घण्टासम्म दुःख दियो हामी यसप्रति क्षमताप्रार्थी छौं ।’ उनले भने ।
telecome