ताजा खबर News

निवर्तमान प्रधानमन्त्री ओलीको ९ महिनाको खाजा खर्च ६० लाख मात्र

निवर्तमान प्रधानमन्त्री ओलीको ९ महिनाको खाजा खर्च  ६० लाख मात्र
KP oli साउन २३ । जनताका धरोहर मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्रीका रुपमा चर्चा परिचर्चा गर्दैगर्दा सुशासन र दैनिक प्रशासन सञ्चालनको दृष्टिकोणमा भने उनको कार्यकाल निकै खराब देखिएको छ । यो ९ महिने अवधिमा नाकाबन्दीको विरोध र राष्ट्रिय स्वाधीनताको पक्षमा ओलीको सकारात्मक भूमिका र प्रशंसा जति छ त्यति नै कार्यकर्तालाई पैसा बाँड्न र आर्थिक अनियमितता गर्नमा उनको भूमिका नकारात्मक देखिएको छ । oli 1 दिनभर आर्थिक मितव्ययिता अपनाउन आह्वान गर्ने पूर्वप्रधानमन्त्री ओलीले बालुवाटार छिरेपछि विभिन्न शीर्षकमा राज्यकोषको दोहन गरेको पाइएको हो । जाँदा जाँदै प्रधानमन्त्री ओलीले बालुवाटारमा विभिन्न मितिमा बसेको वैठकको खाना, खाजा र नास्ता खर्च शीर्षकमा करिब १८ लाखको बिल पेश गरेका छन् । उनले एउटै मितिमा यति ठूलो रकमको खाजा (खाना)को विल पेश गरे पनि यसरी सार्वजनिक गरेको विल कुन महिनाको हो र विभिन्न समयमा कतिवटा मिटिङको खाजा (खाना) खर्च हो भन्नेकुरा भने खुलाएइको छैन । बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रा.लि, अनमोल क्याटरिङ सर्भिस प्रा.लि. र सोल्टी होटलको विल भुक्तानी गर्ने गरी ओलीले साउन २० गते १८ लाखको खाजा खर्चको बिल पेश गरेका हुन् । oli 3एकै रात ९ लाख ६७ हजारको भोज यसअघि प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा रात्री भोजका नाममा एकै रात ९ लाख ६७ हजार राज्यकोषको पैसा खर्च गरेका थिए । नयाँ बर्ष ०७३ को अवसरमा एउटा भोज गर्दा बालुवाटारमा ९ लाख ६७ रुपैँया सिध्याएको प्रधानमन्त्री कार्यालयले असार १९ गते सार्वजनिक गरेको बिलमा उल्लेख छ । oli 2करिब १० लाख रुपैँयाले कर्णालीमा रहेको एउटा छोटो दुरीको तुइनलाई झोलुंगे पुलले विस्थापित गर्न पुग्छ । तर, यति पैसा ओली सरकारले एउटै भोजमा उडाउने गरेको थियो । असारमा ४ लाख ३ हजारको खाजा गत असार महिनामा प्रधानमन्त्री निवास वालुवाटारमा केपी शर्मा ओलीले खाजामा मात्रै ४ लाख ३ हजार खर्च गरेका थिए । असार २७ गते प्रधानमन्त्री निवासको खाजा खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयले ४ लाख ३ हजारको बिल भुक्तानी गरेको थियो । हरेक महिना कम्तिमा ३ लाख र बढीमा ९ लाखसम्म खाजा खर्च शीर्षकमा विल पेश गर्दै भुक्तानी लिएको देखिन्छ । ओलीको सचिवालयले जाँदाजाँदै यही शीर्षकमा पुन १८ लाखको बिल पेश गरेर गएको छ । ओलीले बाँडेका सपनाहरु नौ महिनामा पूर्वप्रधानमन्त्री ओली जनताबीच राष्ट्रवादी र विकासप्रेमी प्रधानमन्त्रीको छवि बनाएर विदा भएका थिए । भारतीय नाकाबन्दीले देशमा इन्धन संकट ब्यहोरिरहँदा पूर्वप्रधानमन्त्री ओलीले नेपालले आफ्नै पेट्रोल खानी उत्खनन् गर्ने घोषणा गरे । उर्जा संकट अन्त्यका लागि हावाबाट विजुली निकाल्ने घोषणा गरेका थिए । उनले वालुवाटारमा खाजाका लागि गरेको खर्चमा मितव्ययिता अपनाएका भए, त्यहाँ खर्च भएको पैसाले करिब ५ हजार जनसंख्यालाई पुग्नेगरि विद्युत उत्पादन गर्न सकिन्थ्यो । ओलीले खाजा खर्च शीर्षकमा मात्र वालुवाटारमा नौ महिनामा करिब ६० लाख भन्दा बढी खर्च गरेको स्रोतको दावी छ । यस्तै ओलीले आर्थिक मितव्ययिता अपनाउन आह्वान गरेका थिए तर, दिनभरि मीठा सपना देखाउने उनले सरकारी निवासभित्र भने राज्यकोषमा मितव्ययिता देखाउन सकेनन् ।

khaja kharcha KP Oli

विशेष