भवन भत्किँदा दुईको मृत्यु
साउन - २३ । मुम्बई सरहनजिकै रहेको एक भवन आइतबार विहान सबेरै भत्किँदा त्यसमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । सो दुर्घटना मुम्बई सहरको बाहिरी इलाकामा अवस्थित भिवाब्दी नगरमा भएको जनाइएको छ ।
उद्धारकर्ताहरुले जारी राखेको उद्धार कार्यमा दुई व्यक्तिको शव तानेर निकालिएको छ, भने सोही भवनको भग्नावशेषमा करिब छ जना व्यक्ति फसेका प्रहरी अधिकारीहले जनाएका छन् ।
सो भवनमा फसेको छ व्यक्ति एउटै परिवारको भएको बताइएको छ । उक्त भवनमा अन्य दुई परिवार पनि बसोवास गर्दै आएका र भवन भत्किएका अवस्थामा ती परिवारहरु त्यहाँ नरहेका नाम नबताउने शर्तमा एक अधिकारीले जानकारी दिएका छन् ।
भारतमा भवन भत्किँएर सर्वसाधारण ज्यान जाने घटना बारम्बार हुने गरेको पाइन्छ । कमजोर संरचनाको कारण बारम्बार यस्तो घटना हुने गरेको सम्बन्धित अधिकारीको भनाइ रहेको छ । रासस÷सिन्ह्वा
bhaban vatkyo