ताजा खबर News

फरार बलात्कारी पक्राउ

फरार बलात्कारी पक्राउ
बलात्कारी साउन २३ । सर्लाहीको बयलवासमा १५ वर्षकी बालिकालाई सामुहिक बलात्कार गरी पक्राउ परेर हिरासतबाटै फरार भएका एक युवकलाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ । गत असार १६ गते स्थानीय १५ वर्षे बालिकालाई बलात्कार गर्ने ईश्वरपुर नगरपालिका–७ का १९ वर्षे नरेशराम चमार पक्राउ परेका हुन् । उनलाई शनिबार राति सर्लाहीको त्रिभुवननगरमा साथीको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । कोचिङ पढेर घर फर्किदै गरेकी बालिकालाई सामुहिक बलात्कार गर्ने अर्का एक युवक अझै फरार छन् । उनको पनि खोजी भैरहेको उपरीक्षक उत्तमराज सुवेदीले बताएका छन् ।

balatkari Pakrau

विशेष