
साउन - २३ । संखुवासभा जिल्ला न्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता अनिल कार्की आइतबार आफ्नै डेरामा मृत अवस्थामा फेला परेका छन् ।
खाँदवारी स्थायी घर भएका ५४ वर्षीय कार्की सदरमुकामको बगालेटोलमा डेरा लिई बसेका थिए । कार्कीले ढोका नखोलेपछि घरबेटीले अचेत अवस्थामा भेटेपछि अस्पताल पुर्याइएको थियो ।
मधुमेहका रोगी कार्कीलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
mrita fela
sankhuwasabha