विदेश

मेसेडोनियाको राजधानी स्कोपेमा कम्तिमा २० जनाको मृत्यु

मेसेडोनियाको राजधानी स्कोपेमा कम्तिमा २० जनाको मृत्यु
Badi साउन - २३ । कडा आँधीसहित आएको मुसलधारे पानीका कारण मेसेडोनियाको राजधानी स्कोपेमा कम्तिमा २० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । शनिबार साँझ ७० किलोमिटर प्रति घण्टाको गतिमा आएको करिब एक घण्टा आँधी र त्यसपछि लगातार १२ घण्टा परेको सुसलधारे पानीका कारण आएको बाढी र पहिरोमा परी २० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्, स्वास्थ्य मन्त्री निकोला तोडोरोभले बताए । मेसेडोनियाको मौसम विभाग कार्यालयले अगस्ट महिनाभर भन्दा बढी पानी राजधानी सहर स्कोपेमा दुई घण्टाको अन्तरमा परेको बताएको छ । आँधी र बाढीपछि राजधानी र वरपरका इलाकामा सङ्कटकाल घोषणा गरी पानीबाट डुबानमा परेका नागरिक र सामानको उद्धार कार्य सञ्चालन गरिएको छ । शनिबार दुई घण्टाको अवधिमा प्रति वर्गमिटरमा ९३ लिटर पानी परेको मौसम विभागले जनाएको छ । पानीले कैयौँ घर डुबानमा परेका कारण मृतक सङ्ख्या यसभन्दा बढी पुग्नसक्ने सरकारले बताएको छ । बर्षा आइतबार विहानदेखि रोकिएको छ । रासस÷एएफपी

Badi mesodoniya

विशेष