News

९० वर्षे वृद्ध सुतेकै ठाउँमा डोजर लगाए

९० वर्षे वृद्ध सुतेकै ठाउँमा डोजर लगाए

साउन २३ । जिल्ला वन कार्यालयले धादिङले वन अतिक्रमण गरेर बनाइएका घर टहराहरु धमाधम भत्काउन थालेको छ । वन कार्यालयले भत्काएका घरटहराहरु नेकपा एमाले भएकै कारणले भत्काइएको आरोप लगाएको छ ।

नेकपा एमाले बागमती अञ्चल सदस्य जगन्नाथ नेपालको नेतृत्वमा आइतबार जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक प्रतिनिधि मण्डलले भेट गरि घर भत्काउँदा एमाले कार्यकताको मात्र छानी छानी भत्काएको आरोप लगाएको हो । वन कार्यालयले शनिबार बैरेनी–८ भत्टार नजिकै रहेको वन क्षेत्रमा बनाइएका चार वटा घर टहरा भत्काएको थियो ।

वन क्षेत्रमा बनेका अन्य घरहरु नभत्काएको र एमाले कार्यकर्ताहरु रहेको घरमात्र भत्काएकाले गम्भीर आपत्ति भएको भन्दै कानुनी दयरामा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई आग्रह गरे ।

घरमा बसेका बिरामी माथि दुव्र्यवहार गर्दै ओछ्यानसहित बिरामीलाई बाहिर निकालेर घरमा डोजर लगाएको एमालले आरोप लगाएको छ । ९० वर्षे कष्णबहादुर थापालाई सुतेकै ठाउँबाट ओच्छ्यानसहित बाहिर नकालेर डोजर लगाएको एमालेको आरोप छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले घटना बारे निश्पक्ष छानविन गर्ने बताएका छन् ।

old man

विशेष