खेल ताजा खबर News

रियो ओलम्पिकमा गौरिकाको उत्कृष्ट प्रदर्शन

रियो ओलम्पिकमा गौरिकाको उत्कृष्ट प्रदर्शन

Gouri साउन २४ । रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंह ओलम्पिक पौडी अन्तर्गत एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरणबाटै बाहिरिएकी छन् । आइतबार राति भएको प्रारम्भीक चरण ‘हिट’ मा उनी ३४ जना प्रतिस्पर्धीमा ३१ औं स्थानमा रहिन् ।

Gaur

उनले एक सय मिटरको दूरी एक मिनेट ८ दशमलव ४५ सेकेण्डमा पूरा गरिन् । ३४ खेलाडी रहेको स्पर्धामा गौरिका सामोआकी एभेलेनी अफोआ र कोशोभोकी रिटा जेकिरीसँगै ‘हिट १’ मा प्रतिस्पर्धा गर्ने थिइन् । आफू रहेको समूह ‘हिट १’ मा भने गौरिक पहिलो भइन् । सामोआकी अफोआले एक मिनेट ८ दशमलव ७४ तथा कोशोभोकी जेकिरीले एक मिनेट १२ दशमलव ३१ सेकेण्डमा दूरी पूरा गरिन् ।शीर्ष १६ मा रहने खेलाडी अर्को चरणका लागि छनौट भएका छन् । एक मिनेट शुन्य दशमलव ८९ सेकेण्डसम्ममा दूरी पूरा गर्ने खेलाडी अघिल्लो चरण प्रवेश गरेका छन् । 

gaurika singh Swimming

विशेष