गाई संरक्षकमाथि अनुसन्धान गर्न मोदीको आग्रह
साउन २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दुहरुले पवित्र मान्ने जनावर गाईको संरक्षक हु भन्नेहरुको आलोचना गरेका छन् । हिन्दु राष्ट्रवादी मोदीले त्यस्ता मानिसहरुले उनलाई ’क्रुद्ध’ बनाएको र त्यस्ता कुनै पनि आक्रमणको अनुसन्धान हुनुपर्ने बताए ।
एक भिजिलान्ते समुहले तल्लो जातिका मानिसहरुलाई कुटपिट गरेको बारे केही नबोलेको भनेर प्रधानमन्त्री मोदीको आलोचना हुँदै आएको थियो । गाईको बचाउ गर्ने स्व–घोषितहरुले कुटेका दलित जातीका ती चारजनालाई पशुमाथि हानी पुर्याएको आरोप लगाएका थिए । पीडितहरुले गाईको सीनो छाला निकाल्नका लागि लगेको र त्यो उनीहरुको परम्परागत काम रहेको बताउँदै आएका छ्न ।
त्यसैगरी जुलाई महिनामा दुइजना मुश्लिम महिलाहरुलाई भिजिलान्तेहरुले गाईको मासु बोकेको आरोपमा चुटपिट गरेका थिए । शनिबार राजधानी दिल्लीमा बोल्दै मोदीले भारतभरका प्रान्तीय सरकारलाई त्यस्ता भिजिलान्ते आक्रमणको अनुसन्धान गर्न अह्राउने बताए ।
Narendra modi