ताजा खबर राजनीति News

कुर्सी गइसक्यो तरपनि भारतलाई थर्काउन छाड्दैनन् ओली

कुर्सी गइसक्यो तरपनि भारतलाई थर्काउन छाड्दैनन् ओली

Kp oli

साउन २४ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफूसँग शिष्टाचार भेट गर्न पुगेका भारतीय राजदूत रञ्जित रेसँग हालै भएको सरकार परिवर्तनमा भारतीय भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । भेटपछि एमालेले जारी गरेको विज्ञप्तिमा ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने अस्वाभाविक चलखेल स्वीकार्य नहुनेमा जोड दिएको बताइएको छ ।

ओलीको असन्तुष्टिको जवाफमा भारतीय राजदूत रेले भारतले सत्ता परिवर्तनमा खेल नखेलेको र नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगर्ने जवाफ दिएको पार्टी सचिव प्रदीप ज्ञवालीले बताएका छन् । चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको केही दिनपछि भारतीय राजदूत रे निवर्तमान प्रधानमन्त्री केपी ओलीसँग भेट्न उनको पार्टी कार्यालयमा पुगेका थिए ।

भेटपछि एमालेले जारी गरेको प्रेस विज्ञप्तिमा भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको जनाइएको छ । विज्ञप्तिमा जनाइए अनुसार ओलीले रेलाई नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेलहरु स्वीकार्य नहुने र त्यस्ता चलखेलले परिस्थितिलाई जटिल बनाउने भएकाले सर्तकतासाथ काम गर्नुपर्नेमा जोड दिएको उल्लेख गरिएको छ ।

Nepali Politics

विशेष