राजनीति News

नेविसंघको कुरालाई लिएर आरजुको कचकचले देउवा तनावमा

नेविसंघको कुरालाई लिएर आरजुको कचकचले देउवा तनावमा

Arju mam

साउन २४ । यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा निकै तनाबमा छन् । यसो भनिरहँदा तपाईंलाई लाग्यो होला, मन्त्री छान्न नसकेर होला नि त । तर, कुरो त्यसो होइन, पत्नी आरजुको कचकचले देउवा तनावमा परेका हुन् । नौ वर्षपछि कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको महाधिवेशनमा जिल्लावासी उर्फ डडेल्धुराका अलोप्रिय नैनसिंह महर सभापतिमा उठेका छन् ।

आरजुसँगको निकटस्थ सम्बन्धका कारण आरजु नैनसिंहलाई जसरी पनि नेविसंघको सभापति बनाउनुपर्छ भनेर लागेपछि उनलाई जसरी पनि जिताउनु परो भनेर देउवासँग थामीनसक्नुको दबाब दिएको खबर छ । उत्तर प्रदेशको शैक्षिक प्रमाणपत्रधारी भएको, राजनीतिक चरित्रहिन व्यक्ति रहेको तथा आथिक लेनदेन मुद्दामा विवादित बनेको भनेर विद्यार्थी तथा संगठनको कार्यकर्ताबाट नै आलोचित महरलाई जसरी पनि चेप्नुपर्ने बाध्यताले देउवा अफ्ठ्यारोमा परेका छन् । साँघु साप्ताहिक

Arju Deuba

विशेष