अर्थ ताजा खबर News

उदयपुर सिमेन्ट उद्योग फेरि बन्द

उदयपुर सिमेन्ट उद्योग फेरि बन्द
 

udaypur-cement-factory

साउन २४ । मेशिन बिग्रेका कारण उदयपुर जिल्लाको जलजलेमा अवस्थित देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द हुन पुगेको छ । उदयपुर सिमेन्ट उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि झन्डै दुई हप्तादेखि सिमेन्ट उद्योग पूर्णरुपमा बन्द हुँदा सिमेन्ट उत्पादन कार्य ठप्प हुन पुगेको उद्योगका कर्मचारीले बताएका छन् । दुई हप्तादेखि उद्योगबाट सिमेन्ट उत्पादन कार्य बन्द हुँदा अहिलेसम्म झन्डै उद्योगले रु १० करोडको घाटा व्यहोर्नुपरेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले बाए । उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि उक्त चैनको पुनः मर्मत गर्न भारत लान परेको कारण उद्योग बन्द भएको कर्मचारी बताउँछन् । चार महिना अघि पनि यसरी नै मिलको गियरचैन बिग्रँदा उद्योग झन्डै २५ दिन उद्योग बन्द हुन पुगेको कर्मचारी बताउँछन् ।

उक्त समयमा पनि उद्योगले झन्डै रु २० करोड घाटा व्यहोर्नुपरेको थियो । तर वर्षभरि नै उद्योगको मिलको गियरचैन बिग्रने र उद्योग बन्द हुँदा घाटामा जाने गरेको भए तापनि उद्योगको लागि जापानबाट नयाँ गियरचैन ल्याउने कार्यतर्फ उद्योग प्रशासन तथा मन्त्रालय गैरजिम्मेवारी हुँदा यस्तो समस्या आएको उद्योगका एक कर्मचारीले बताए ।

Udayapur cement Factory

विशेष