फिस्टेल एअरमा सवार सबै यात्रुहरुको मृत्यु भएको पुष्टी
साउन – २४ । गोरखाबाट काठमाडौंको लागि उडेको फिस्टेल एअरमा सवार सात जनाको मृत्यु भएको पुष्टी भएको छ ।
नुवाकोटको बेतेनीमा दुर्घटनामा भएको थियो । घटना स्थलमा उड्यान प्राधिकरणको टोली पुगिसकेको छ । घटना स्थलमा यात्रुहरुको लास क्षतविक्षत अवस्थामा रहेको नगरिक उड्यान प्रधिकरणका निमित्त महाप्रवधन्क सुधीरकुमार चौधरीले नेपाल आजलाई जानकारी दिए । नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जना परेका थिए ।
उक्त हेलिकप्टरमा गोरखाका सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनकी पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ लगिदै थियो ।
हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिए । जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू रहेको थिए ।