News

फिस्टेल एअरको हेलिकप्टर दुर्घटना स्थलमा जे देखियो (फोटोसहित)

फिस्टेल एअरको हेलिकप्टर दुर्घटना स्थलमा जे देखियो (फोटोसहित)
साउन - २४ ।साेमबार दिउसाे गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्ट पूर्णरुपले क्षति भएकाे छ । हेलिकप्टरमा पाइलट सहित सबै यात्रुकाे मृत्यु भएकाे पुष्ट नागरिक उड्यन प्राधिकरणले गरेकाे छ । nuwakot-helicopter-crash-nepalaaja-4 नुवाकोटको बेतेनीमा दुर्घटनामा भएको थियो । घटना स्थलमा उड्यान प्राधिकरणको टोली पुगिसकेको छ । nuwakot-helicopter-crash-nepalaaja-2 घटना स्थलमा यात्रुहरुको लास क्षतविक्षत अवस्थामा रहेको नगरिक उड्यान प्रधिकरणका निमित्त महाप्रवधन्क सुधीरकुमार चौधरीले नेपाल आजलाई जानकारी दिए । nuwakot-helicopter-crash-nepalaaja-1 नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जना परेका थिए । उक्त हेलिकप्टरमा गोरखाका सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनकी पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ लगिदै थियो । हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिए । जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू रहेको थिए ।

Fishtail air Fishtail Air Accident Ranjan Lim

विशेष