News

नवनियुक्त महान्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

नवनियुक्त महान्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ
bidhya devi bhandari साउन - २४  । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नवनियुक्त महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त महान्यायाधीवक्ता श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । सो समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । सरकार कानुनी सल्लाहकारका रुपमा श्रेष्ठले कार्यभार समाल्ने छन् । श्रेष्ठ नेपाल बार एसोसिएसनका पूर्व महासचिव हुन् । रासस

Bidya Debi Bhandari Prachanda Puspakaml Dahal Rastrapati

विशेष