नेपालकप फुटबलमा नारायणगढ फुलबल क्लबको विजयी सुरुवात


साउन २४ । चौथो नेपाल कप फुटबल प्रतियोगितामा नारायणगढ फुटबल क्लबले विजयी शुरुवात गरेको छ । चितवनको नारायणगढमा सोमबार शुरु भएको खेलमा नारायणगढ फुटबल क्लबले रुपन्देही फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको पा“चौ मिनेटमा सुमन श्रेष्ठले गोल गर्दै नारायणगढलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको शुरुमा रुपन्देहीका सरोज थापाले बराबरी गोल गरेपनि ३६औ मिनेटमा तेजेन्द्र चौधरीले नारायणगढका लागि विजयी गोल गरे । प्रतियोगितामा विभागीय नेपाल आर्मी, पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफसहित ११ टोली सहभागीे छन् ।
Nepal Cup