ताजा खबर विदेश News

इथियोपियामा सुरक्षाकर्मीले गोली चलाउंदा एक सयको ज्यान गयो

इथियोपियामा सुरक्षाकर्मीले गोली चलाउंदा एक सयको ज्यान गयो

ethiyopiya साउन २५ । अफ्रिकी मुलुक इथियोपियामा शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरी गोली चलाउँदा एक सय जनाको ज्यान गएको छ । पछिल्लो दुई दिनमा सुरक्षाकर्मीको गोली लागेर प्रदर्शनमा उत्रिएका एक सय जनाको ज्यान गएको मानवअधिकारवादी संस्था एमनेस्टी इनटरनेशनललाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । राजनीतिक सुधार, न्याय तथा कानुनी व्यवस्थाको माग गर्दै भएको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेको हो ।

जनजातीय समूहको बाहुल्यता रहेको क्षेत्र ओरोमिया र अमहारामा प्रदर्शन भएका छन् । सेना तथा प्रहरीले ठूलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेर आफ्ना तालिम केन्द्रमा राखेका छन् । इथियोपियाको सरकारले बाहिरी शक्तिको आडमा प्रदर्शन भएकाले कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ । तर प्रदर्शनकारीले भने आफूहरुले आफ्नो समुदायको हितको माग गरेको बताउँदै आएका छ

AFA community cup

विशेष