जापानका राजाले गद्दी छाड्ने कारण यस्तो रहेछ
साउन २५ । जापानी सम्राट अकिहितोले सोमबार राष्ट्रको प्रतीक राजसिंहासनको कर्तव्य निर्वाह गर्ने सम्भव नभई गद्दी परित्याग गर्न सक्ने जनाउ दिएका छन् । आमजनताको नाममा सामेबार भिडियो सन्देश प्रसारण गर्दै आफ्नो बिग्रदो स्वस्थ्यस्थितिप्रति चिन्ता व्यक्त गरेर उनले यस्तो संकेत दिएका हुन् । सन्देशमा उनले आफू कमजोर हुँदै गएको, जर्जर शरीर र दुर्बलताका कारण राष्ट्रको प्रतीक भई कर्तव्य निर्वाह गर्न कठीन भएको बताएका छन् । अन्नपूर्ण पोस्ट्बाट