खेल ताजा खबर News

रियो ओलम्पिकमा कसले कति पदक जिते

रियो ओलम्पिकमा कसले कति पदक जिते

Rio साउन २५ । ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा चीन पदक तालिकाको शीर्ष स्थानमा छ । चीनले अहिलेसम्म चार स्वर्ण, दुई रजत र चार कास्य गरी १० पदक जितेको छ । दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले चार स्वर्ण र तीन कास्य गरी सात पदक जितेको छ । कुल १३ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ । अमेरिकाले तीन स्वर्ण, ६ रजत र चार कास्य गरी १३ पदक जितेको हो ।

यस्तै इटालीले तीन स्वर्ण, चार रजत र दुई कास्य गरी ९, जापानले तीन स्वर्ण र सात कास्य गरी १०, रुसले दुई स्वर्ण, चार रजत र तीन कास्य गरी ९ तथा दक्षिण कोरियाले दुई स्वर्ण, दुई रजत र एक कास्य गरी पाँच पदक जितेको छ । यस्तै थाइल्याण्डले दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार तथा हंगेरीले दुई स्वर्ण पदक जितेको छ । बेलायत, ब्राजिल, स्वीडेन, चाइनिज ताइपेइ, बेल्जियम, अर्जे्न्टिना, क्रोएसिया, कोसोभो, नेदरल्याण्डस् र भिएतनामले पनि एक एक स्वर्ण जितेका छन् ।

Rio Olampics

विशेष