राजनीति News

सत्तामोहका कारण दुई राप्रपाको एकता भाँडियो

सत्तामोहका कारण दुई राप्रपाको एकता भाँडियो

Akata साउन २५ । दुई राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंगलबार हुने भनिएको एकता भाँडिएको छ । एकीकरणका लागि मिति घोषणा भइसकेपछि पनि अन्तिम क्षणमा एकता भाँडिएको हो । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी एकता प्रकियाबाट अलग भएर सरकारमा जाने निर्णय गरेको छ । राप्रपाबाट सामबार नै दुईजना मन्त्री भएका छन् । अन्तिम क्षणमा आएर एकता प्रकियाबाट अलग हुनु दुर्भाग्यपूर्ण भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुस्ख व्यक्त गरेका छन् ।

दुवैपक्षको सहमतिमा पार्टी एकिकरण घोषणाको मिति तय भैसकेको अवस्थामा एकपक्षीय रुपमा एकिकरण स्थगन गर्ने पशुपति शमशेरजीको निर्णय दुर्भाग्यपूर्ण रहेको भन्दै थापाले ट्वीटसमेत गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।

Chakrapth Raprapa

विशेष