काठमाडौंको खानेपानी दिसा
साउन २५ । हालै गरिएको एउटा परिक्षणका अनुसार राजधानीमा उपयोग गरिने खानेपानी मध्ये करिव आधा जतिमा दिसा मिसिएको अवस्था छ । हैजा प्रसारको प्रमुख श्रोत खानेपानी समेत भएकोले इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले टैकर, रिजर्भ टंकी, जारको पानी लगायत बाट संकलित ९६ वटा पानीको नमुना परिक्षण गरेको थियो । उक्त नमुना मध्ये ४६ वटामा कोलिर्फम अर्थात दिसा को उपस्थिति थियो । ‘हामीले संकलन गरेका मध्ये करिव ५० प्रतिसत पानी कोलिर्फमले प्रदुषित थिए’, महाशाखा अन्तर्गतका इपिडिमियोलोजी शाखा प्रमुख डा.गुणनिधि शर्माले भने(‘पानीमा कोलिर्फम देखिनुको अर्थ नै दिसा मिसिएको अवस्था हो ।’ विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)को अनुसार हैजाले संक्रमित करिव ८० प्रतिसत व्यक्ति मा कुनै लक्षण विकसित नभए पनि उनिहरुको दिसामा हैजा उत्पन्न गर्ने व्याक्टेरिया १० दिन सम्म रहन सक्छ ।
यो दिसा वातावरणमा गएर अरुलाई सक्रमित पार्दै रहन्छ । हैजा, झाडा पखाला मुख्य रुपले खाने पानी, खाद्यपदार्थको माध्यमले फैलिने भए पनि खाना परिक्षण भने गरिएको छैन । खाद्य परिक्षण को दायित्व इपिडिमियोलजीको नरहेको उल्लेख गर्दे डा.शर्माले हाल खाने पानी हैजाको प्रसारको एउटा मुख्य श्रोतको रुपमा देखिएको बताए ।
हैजाको संक्रमण सवै भन्दा कान्छो साढे चार वर्षको वालक देखि ६० वर्ष सम्मका हरुमा समेत देखिएको छ । तर सवै भन्दा बढी संक्रमण १५ देखी २५ वर्ष उमेर समुहमा देखिएको डा.शर्मा वताउछन । यो समुह अन्तर्गत प्रभावितहरुमा कामदार र विद्यार्थी बढी छन । डा.शर्माका अनुसार हैजा, झाडा पखाला प्रसोधित पानी नखाने समुहमा बढी देखिएको हो ।
हाल सम्म राजधानीमा ४१ वटा प्रयोगशाला प्रमाणित हैजाको केस देखिएको छ । काठमाडौंको दाजोमाम यस पटक ललितपुरमा हैजाको केस बढी देखिएको हो । गत वर्षको दाजोमा यस पटक एक महिना अघि नै राजधानीमा हैजा देखिन शुरु भएको हो । पोहर मुख्यरुपमा काठमाडौ.मा बढी देखिएको प्रकोप अन्तर्गत प्रयोगशाला प्रमाणित ७६ वटा हैजाको केस देखिएको थियो । हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि यो रोगको लक्षण २ घण्टादेखि ५ दिनसम्ममा देखिन सक्छ । हैजाको संक्रमण अवधि निकै कम भएकाले यो तुरुन्तै फैलिन सक्ने रोग मानिन्छ । समयमै उपचार नपाए बिरामीको मृत्युसमेत हुन्छ । कान्तिपुरबाट
Water