रामेछाप विमानस्थलमा परीक्षण उडान
साउन २५ । रामेछाप विमानस्थलबाट निजी क्षेत्रको तारा एयरले सोमबार बिहान परीक्षण उडान गरेको छ । क्याप्टेन ईश्वरराज जोशीले लुक्लाबाट उडाएको ताराको अल्फा इको टेङ्गो कलसाइनको टुइनअटर रामेछाप विमानस्थलमा अवतरण गराएका हुन् ।
रामेछाप नागरिक उड्यन कार्यालयका प्रमुख केदारप्रसाद सत्यालका अनुसार नेपाल नागरिक उड्यन प्राधिकरणले लगाएको रोक खुला गरेको केही दिनपछि ताराको परीक्षण उडान भएको हो । उक्त जहाज रामेछापबाट फेरि लुक्ला नै फर्केको थियो । विमानस्थल कालोपत्रेका लागि झन्डै १३ महिना रामेछापबाट उडान र अवतरण गर्न रोक लगाइएको थियो ।
Tara Air Ramechap