नेपाली राष्ट्रिय गान ओलम्पिकको १० विशिष्ट र मौलिक समूहमा
साउन - २५ । रियो ओलम्पिक सकिन अझै दुई साता जति बाँकी छ । नेपालको आर्चरी, तेक्वान्दो, जुडो र एथलेटिक्स खेल बाँकी नै छ । तर कुनै खेलमा नेपालले पदक जित्ने सम्भावना कम छ । तथापि अन्य ओलम्पिकको तुलनामा नेपालको चर्चा यसपालि बढी नै भएको देखिन्छ ।
गौरिका सिंहले ओलम्पिकजस्तो बृहत महाकुम्भमा सबैभन्दा कान्छी खेलाडी बनेर नेपालको नाम चर्चामा ल्याइन् । अहिले राष्ट्रिय गानका कारण नेपालको चर्चा पुनः थपिएको छ ।
अन्तरा्िष्ट्रय मिडियाले २ सय ६ राष्ट्रको सहभागीमा ब्याकुल माइला रचित नेपालको राष्ट्रिय गानलाई रियो ओलम्पिकको १० विशिष्ट र छुट्टै मौलिकता भएको संगीतको समूहमा राखेको छ ।
नेपालको राष्ट्रिय गान रमाइलो पप गीतजस्तै सुनिने भन्दै पत्रकार एलेक्स मार्सलले बिबिसीमा लेखेका छन्–‘नेपालको राष्ट्रिय गान क्यासियो किबोर्डमा सजिलै बजाउन सकिन्छ ।’
rastriya gan