महाबीर पुन भन्छन् ‘जनताबाटै करोडौँ फण्डिंग गर्न सकिन्छ’
साउन – २५ । म्यागासेस पुरस्कार विजेता महावीर पुनले अब जुनसुकै सरकार आएपनि उनीहरुको दैलोमा नजाने बताएका छन् । राष्ट्रिय अविष्कार केन्द्र स्थापना गर्नका लागि उनले सरकारसँग लगानी माग गरेका थिए । उनको मागलाई सरकारले वेवास्ता गरेपछि यस्ताे अभिव्यक्ति दिएका हुन् ।
चार वर्ष अगाडि कम्पनी दर्ता गरी खाेलिएकाे राष्ट्रिय अाविस्कार केन्द्रको पछिल्लाे समयमा गलत प्रचारप्रसार भएको थियो ।केन्द्र र अाफ्नाे उद्देश्यका विषयमा स्पष्ट पार्नको लागि पुनले मंगलबार नेपाल पर्यटन बोर्डको कार्यालय, भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलनमा बाेल्दै केही समय अगाडि सरकार परिवर्तन भयो उसले पनि कुनै सहयोग नगरेकाे गुनासो गरे । त्यस्तै यो सरकार पनि लामो समयसम्म नटिक्ने भएकोले यो सरकारबाट कुनै आशा नभएको बताए । अाफूले संचालन गरेका केन्दका बारेमा स्पष्ट पार्दै उनले भने ‘५–१० करोडले हुने भए हामीले आफैँ गरिसक्थ्यौं, २५–३० करोड न्युनतम लाग्छ,’ उनले भने ‘१० मेगावाटको योजना हो, त्यसैले सरकारलाई अनुरोध गरेको थिएं ।’
सरकारबाट कुनै काम नभएका कारणले अब आफू जनताको सामु आएको उनकाे भनाइ छ ।पुनले अहिले राष्ट्रिय अाविस्कार केन्द्रका लागि आवश्यक पर्ने विद्युत् चाहिने भएकाले हाइड्रो पावर निर्माण लागि लगानीको आवश्यकता परेको बताउँछन् । ‘अब जनताको साथ लिएरै आफैं गर्छौं यो योजना जसको आयले अनुसन्धानलाई करोडौं फण्डिंग गर्न सकिने छ ।’ उनले भने ।
mahabir pun