राजनीति News

अखिल क्रान्तिकारीमा ९८ सदस्यीय पदाधिकारी, चर्चामा बस्नेत दाजुभाइ

अखिल क्रान्तिकारीमा ९८ सदस्यीय पदाधिकारी, चर्चामा बस्नेत दाजुभाइ
mahesh basnet birendra basnet साउन – २५ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनको पदाधिकारी टिमको संख्या ९८ पुगेको छ । आज बसेको एकतापछिको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या ९८ पुगेको हो । क्रान्तिकारीले पुस २३ देखि २६ सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । जम्बो पदाधिकारी र केन्द्रीय समितिलाई सम्मेलनमार्फत चुस्त पारिने नवनियुक्त उपाध्यक्ष एंव प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । चर्चामा बस्नेत दाजुभाइ पदाधिकारी ९८ जना मध्ये झापाका सुरेन्द्र बस्नेत र बिरेन्द्र बस्नेत चर्चामा रहे । दुबैको दाबी महासचिवमा थियो । सहिदवेपत्ता परिवारका यि दुई सदस्य मध्ये बिरेन्द्र मोहन बैद्य नेतृत्वको माओवादीबाट एकीकरणमा आएका हुन् । एमालेको भातृ संगठन अनेरास्ववियूमा अवसर र सम्भावना दुबै हुंदाहुंदै क्रान्तिकारीमा आएका सुरेन्द्र पार्टी विभाजन हुंदा प्रचण्ड माओवादीमै थिए । दुबैले एकै पदमा दाबी गरेपछि एकता प्रक्रियाको अवधारणा अनुसार पद मिलान गरिएको बुझिएको छ । प्रचण्ड माओवादीले संगठनको अध्यक्ष पाएको भन्दै महासचिवमा बादल (रामबहादुर थापा) समुहले दाबी गरेको थियो । अन्ततः सुरेन्द्र उपाध्यक्ष बने, भाइ बिरेन्द्र महासचिव बने । २७ जना उपाध्यक्ष राखिएकोमा सुरेन्द्रले प्रवक्ताको पनि जिम्मेवारी पाएका छन् । बुधबार पत्रकार सम्मेलन क्रान्तिकारीले संगठनको भावी कार्यक्रम र पदाधिकारी टिम सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन गर्दैछ । अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरमा बिहान ११ बजे पत्रकार सम्मेलन गरी केन्द्रीय समितिको निर्णय सार्वजनिक गरिने क्रान्तिकारीले जनाएको छ ।

Bidyarthi Sangathan Birendra Basnet Karantikari Mahesh Basnet Maobadi Kendra Prachanda

विशेष