शर्मिलाले १६ वर्षपछि तोडिन् अनशन, राजनीतिमार्फत आफ्नो अधिकार स्थापित गर्ने
साउन - २५ । इरोम शर्मिला, भारत मणिपुरकी अधिकारकर्मीले १६ वर्षपछि आमरण अनसन तोडेकी छिन् ।
४४ वर्षकी शर्मिलाले विवादित सुरक्षा नीतिका विरुद्ध अनसन बसेकी हुन् । उनी भारतमा आइरन लेडीका रुपमा पनि परिचित छिन् ।
उनले (अफ्सपा) सशस्त्र बललाई दिइएको विशेषअधिकार खारेज हुनुपर्ने माग राख्दै भोक हड्ताल गर्दै आएका थिए । यो विशेष अधिकारअनुसार सेनालाई बिना वारेन्ट कसैलाई पनि पक्राउ गर्न पाउने तथा केही परिस्थितिमा गोली समेत हान्न सक्ने अधिकार रहेको छ ।
मंगलबार अदालतमा उपस्थित भएर उनले अनसन तोड्ने बताएको बिबिसीले जनाएको छ ।
शर्मिलालाई अहिलेसम्म प्रहरीको निगरानीमा नाकबाट पाइपको सहाराले अनुमतीबिना नै खानेकुरा खुवाउँदै आइएको थियो ।
उनले १६ वर्षसम्म आफ्नो नाकमा जोडिएको पाइप आफ्नो शरिरको अंग जस्तै भइसकेको बताएकी थिइन् । उनले अब अनसन तोड्दै राजनीतिमार्फत आफ्नो अधिकार स्थापित गर्ने बताएका छन् ।
iron lady
sharmila