खेल ताजा खबर News

राष्ट्रिय किर्तिमान बनाउँदै ओलम्पिकबाट बाहिरिए शिरीष गुरुङ

राष्ट्रिय किर्तिमान बनाउँदै ओलम्पिकबाट बाहिरिए शिरीष गुरुङ

Sirish

साउन २६ । नेपालका पौडी खेलाडी शिरीष गुरुङले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पुरुष एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा मंगरबार बेलुका प्रतिस्पर्धा गरेका शिरीषले ५७ दशमलव ७६ सेकेण्डमा दूरी पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि यो स्पर्धामा उनले गएको वर्ष रुसको कजानमा भएको फिना विश्व च्याम्पियनसिपमा ५८ दशमलव २२ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । राष्ट्रिय कीर्तिमान बनाएपनि रियो ओलम्पिकबाट भने उनी पहिलो चरण हिटबाटै बाहिरिएका छन् । ५९ जना खेलाडी रहेको स्पर्धामा उनी हिट २ मा थिए । उनी समग्रमा ५८ स्थानमा रहे ।

Sirish Gurung Swimming

विशेष