गोसाइँकुण्ड मेलामा स्वास्थ्य शिविर सञ्चालन गरिने
साउन २६ । गोसाइँकुण्ड मेलामा यात्रुलाई प्राथमिक उपचार सेवा पु¥याउन स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले जिल्ला स्वास्थ्य कार्यालयबाट लौरीविनायक र नेपाली सेना नारायणदल गणले चोलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तय भएको हो । संघले विगत १६ वर्षदेखि गोसाइँकुण्डमा उपचार सेवा दिँदै आएको छ ।
यस वर्षको मेलामा १५ हजार भक्तजनको आगमन हुने लक्ष्यका साथ हिँड्न नसक्ने यात्रुका लागि देउरालीदेखि गणेशगौँडासम्म घोडाको व्यवस्था मिलाई खाजा तथा खाना र बासस्थानमा तिर्नुपर्ने शुल्कसमेत निर्धारण गरिसकेकाले यात्रुलाई कुनै पनि समस्या नआउने अध्यक्ष डिएमले बताए ।
प्राणीजगत्को रक्षा गर्ने भगवान् शंकर विराजमान रहको धार्मिक पवित्र कुण्डमा जिन्दगीमा एकपटक भएपनि स्नान गर्नुपर्ने बताउँदै रामेश्वर उपनामले परिचित नुवाकोट नर्जा मण्डपका पुरोहित रामप्रसाद न्यौपानेले गोसाइँकुण्ड स्नान गरी पुजा आराधना गरेपश्चात् अन्जानमा भएको पापसमेत सबै मोक्ष भई जनमानसमा सुखशान्ति बढ्ने धार्मिक मान्यता रहेको बताए ।
Gosaikunda