खेल ताजा खबर News

रियलले उचाल्यो सुपरकपको उपाधि

रियलले उचाल्यो सुपरकपको उपाधि

साउन २६ । स्पेनिस प्रतिद्वन्द्वी सेभिल्लालाई पराजित गर्दै रियल मड्रिडले सुपर कपको उपाधि जितेको छ । अतिरिक्त समय सकिन एक मिनेट बाँकी छँदा ड्यानी काभाहालले गोल गरेपछि च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले युरोपा लिग विजेता सेभिल्लालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रियलले २१ औं मिनेटमा मार्कोको गोलबाट अग्रता लिएको थियो ।

 

तर, पहिलो हाफ सकिन केही मिनेट बाँकी छँदा सेभिल्लाले बराबरी गोल फर्कायो । ७२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को अग्रता लियो । तर, निर्धारित ९० मिनेटको खेलको अतिरिक्त समयमा रामोसले गोल गरे र खेललाई अतिरिक्त समयमा धेकेले । रियल मड्रिडले २०१२ पछि ला लिगा जितेको छैन । यो सिजन २१ अगष्टमा रियल सोसिडाडसँग खेलेर सुरु गर्दैछ ।

Real Madrid Super cup Football

विशेष