खेल ताजा खबर News

ओलम्पिकमै २१ स्वर्ण जित्ने यस्ता खेलाडी सायदै फेरि जन्मेलान्

ओलम्पिकमै २१ स्वर्ण जित्ने यस्ता खेलाडी सायदै फेरि जन्मेलान्

michael-phelps-10 साउन २६ । ओलम्पिक इतिहासकै सबैभन्दा सफल खेलाडी अमेरिकी पौडीबाज माइकल फेल्प्सले २१ औं ओलम्पिक स्वर्ण पदक जितेका छन् । ब्राजिलको रियोमा जारी ओलम्पिकमा फेल्प्सले २ सय मिटर बटरफ्लाई र ४ गुणा २ सय मिटर फ्रिस्टायल रिलेमा स्वर्ण पदक जित्दै ओलम्पिककमा स्वर्ण संख्या २१ र्पुयाएका हुन् ।

LONDON, ENGLAND - JULY 31: Michael Phelps of the United States celebrates after winning the gold in the Men's 4 x 200m Freestyle Relay final on Day 4 of the London 2012 Olympic Games at the Aquatics Centre on July 31, 2012 in London, England. (Photo by Al Bello/Getty Images)

रियो ओलम्पिकमा भने फेल्प्सको यो तेस्रो स्वर्ण हो । यसअघि फेल्प्सले ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेका थिए । ओलम्पिकको २० औं स्वर्णका रुपमा २ सय मिटर बटरफ्लाईको स्पर्धा जितेका फेल्प्सले चाड डे क्लोसलाई पछि पारे । २०१२ को लण्डन ओलम्पिकमा क्लोससँग यसै स्पर्धामा पराजित भएको फेल्प्सले स्वर्ण जितेपछिको त्यसैको बदला भन्दै खुसीयाली मनाएका थिए ।

Mical

फेल्प्सले उक्त स्पर्धा १ मिनेट ५३.३६ सेकेण्डमा पूरा गरे । यो फेल्प्सले ओलम्पिकमा जितेको २१ औं स्वर्ण पदक हो भने समग्रमा २५ औं स्वर्ण पदक हो । पाँचौ पटक ओलम्पिक खेल्दै गरेका फेल्प्सलेले अहिलेसम्म २१ स्वर्ण २ रजत र २ कास्य जितिसकेका छन् ।

Phelp

सन् २००० को सिड्नी ओलम्पिकमार्फत पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएका फेल्प्सले सिड्नीमा कुनै पदक जित्न सकेका थिएनन् । तर २००४ मा ६ स्वर्ण जितेका फेल्प्सले २००८ मा भाग लिएको ८ वटै स्पर्धामा स्वर्ण जित्दै इतिहास रचेका थिए । यस्तै २०१२ को लण्डन ओलम्पिकमा पनि फेल्प्सले ४ स्वर्ण जितेका थिए ।

विशेष