News

रंगकमी पोखरेल गम्भिर विरामी भई अस्पताल भर्ना

रंगकमी पोखरेल गम्भिर विरामी भई अस्पताल भर्ना

Sunil Pokhrel साउन २६ । रंगकर्मी सुनिल पोखरेल अचानक बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ । गएराति १२ बजे अस्वस्थ भएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको कलाकार एवं सुनिलकी पत्नी निशा शर्मा पोखरेलले जानकारी दिएकी छन् ।

उनले सुनिललाई के भएको भन्नेबारे केही थाहा हुन नसकेको बताएकी छन् । सुनिललाई आईसीयूमा राखेर उपचार गराइरहेको र के भएको हो भन्ने रिपोर्ट आइनसकेको उनले जानकारी दिइन् । सुनिलको उपचार भइरहेको र उनको रिपोर्ट आएपछि मात्र के भएको थाहा हुने उनको भनाइ छ ।

Sunil Pokhrel

विशेष