ताजा खबर विदेश News

फिलिपिन्समा आगामी २०४५ मा १५ करोड जनसंख्या पुग्ने पिएसएले जनाएको छ

फिलिपिन्समा आगामी २०४५ मा १५ करोड जनसंख्या पुग्ने पिएसएले जनाएको छ
  Phi साउन २६ । सन् २०४५ सम्म मुलुकको जनसंख्या १४ करोड २० लाख भन्दा बढी हुने फिलिपिन्सको राष्ट्रिय तथ्यांक प्राधिकरण (पिएसए) ले जनाएको छ ।  पिएसएले गरेको जनसंख्या प्रक्षेपणमा औसत वार्षिक बृद्धिदर सन् २०१० देखि २०१५ सम्म एक दशमलब त्रिहत्तर प्रतिशत छ भने सो औसत वार्षिक बृद्धिदर ओरालो लाग्दै गई सन् २०४० देखि २०४५ सम्म शुन्य दशमलब पैंसठ्ठी प्रतिशत सम्ममा झर्नेछ । उक्त औसत वार्षिक बृद्धिदरको अंक गणना प्रयोजनार्थ समग्र फिलिपिन्सलाई उच्च तथा न्यून जनघनत्वलाई आधार मानी क्रमशः उत्तरी क्षेत्र वा कालाबार्जोन, राष्ट्रिय राजधानी क्षेत्र, मध्य लुजोन क्षेत्र, पश्चिमी भिसायस क्षेत्र, मध्य भिसायस क्षेत्र र कर्डिलेरा प्रशासनिक क्षेत्र समेत गरी ६ वटा खण्डमा विभाजन गरेर प्रक्षेपण विधि अपनाइएको थियो । साथै, सन् २०४५ सम्मको जनसंख्या अनुमान गर्ने प्रक्षेपण आधार रेखा भने सन् २०१० को राष्ट्रिय जन गणनाको नतिजालाई बनाइएको छ । सन् २०१० को जन गणना अनुसार फिलिपिन्सको कूल जनसंख्या नौ करोड तीस लाख मात्र थियो ।

Philipince Population

विशेष