मुखले फास्ट ट्रयाक विदेशीलाई दिन्न भन्ने प्रचण्डको भित्री सेटिङ डरलाग्दो
साउन २६ । राष्ट्रिय राजनीतिका चर्चित खेलाडी पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र अनेक सम्बन्ध खुलासा हुँदैछ । प्रचण्डले काठमाडौं तराई फास्ट ट्रयाक नेपाली ठेकेदारबाटै गराउन व्यावसायीसँग पटकपटक भेला गराई भारतीय कम्पनी रिलायन्ससँग भित्रि साझेदारीमा निर्माण गराएका छन् । २०६४ सालको निर्वाचन पछि पहिलो शक्ति बनेको माओवादीको आडमा निर्माण व्यावसायबाट रातारात करोडपति भएका केही व्याक्तिको सक्रियता र केही व्यावसायीको पुँजी तथा प्रविधिको जोगाडमा फास्ट ट्रयाकको तयारी पूरा भएको छ । प्राप्त सुचना अनुसार प्रचण्डको अभियानमा शैलुङ कन्ट्रक्सनका शारदा अधिकारीसहितको टोली नै लाग्ने भएको छ ।
द्वन्द्वकाल र शान्तिप्रक्रिया सुरुवाततिर लगनखेलको पाटन अस्पतालपछाडि पाटन भ्यू नामक सामान्य गष्ट हाउस चलाएर बसेका धादिङका शिव सुवेदीको नेतृत्वमा रहेको निर्माण व्यावसायी महासंघलाई ब्यूँताउन थालिएको छ । द्वन्द्वकालमा अनेक नाममा चन्दा संकलन गरेर हैरान वाटर किङडम नामक घाटबेसीको रिसोर्ट पनि सुवेदीले किनेर चलाइरहेका छन् ।
उक्त महासंघ ब्यूताएर संस्थागत भिडन्त गर्न र व्यावसायीको मोर्चाबन्दीको काम एकैसाथ अगाडी बढाउन रिसोर्टको अन्तिम तयारीमा भएका सुवेदीसमेत काठमाडौंमा उत्रिएर छलफलमा सक्रियि रहेको स्रोतको दाबी रहेको छ । ललितपुरमै बेश बनाएर यी काम भइरहेका छन् । पहिले पनि ललितपुरका भागवत तिमिल्सिना, नवराज खड्का, शार्दा अधिकारीहरु मिली अर्बौको योजना सञ्चालन गरेको आधारमा फाष्ट ट्रयाकको नाममा नयाँ मोर्चाबन्दी भएको हो । रातारात करोडपति भएर निस्केका धादिङ उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शिव सुवेदी ०६४ सालको निर्वाचनदेखि नै धादिङका शालिकरामा जमकट्टेलको पक्षमा लागेका छन् ।
Prachanda