बङ्गलादेशका पूर्वसांसदलाई मृत्युदण्डको सजाय
साउन - २६ । बङ्गलादेशको युद्ध अपराध सम्बन्धी एक विशेष अदालतले एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला गरेकाे अर्न्तराष्टिय सञ्चार माध्यमहरुले बताएका छन् ।
ती सांसदले सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्धअपराध गरेको ठहर सो अदालतले गरेको छ ।
मृत्युदण्डको सजाय सुनाइएका नेता सेखावत हुसैनले सो स्वतन्त्रता संग्रामको समयमा स्वतन्त्र बङ्गलादेशको पक्षमा लागेका नागरिकको हत्या र ज्यादति गरेका थिए ।
हाल उनी बङ्गलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद एर्सादको पार्टीका नेता थिए । उनी विरुद्ध कैयौँ व्यक्तिको हत्या गरेको अरोप लागेको थियो ।
सो आरोपको सुनुवाई बंगलादेशको राजधानी ढाकामा रहेको युद्धअपराधसम्बन्धी अदालतमा भइरहेको थियो । सो अदालतले उनलाई बुधबार दोषी ठहराएको थियो ।
सेखावत हुसैन सन् १९९१ म बङ्गलादेशको सांसद भएका थिए । उनी त्यस समयदेखि नै कैयौं निर्दाेष नागरिकका हत्यारा र बलात्कारीका रुपमा स्वतन्त्रता पक्षधरहरुबीच चित्रित हुँदै आएका थिए ।
सन् २००९ मा शक्तिमा आएपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले सो युद्ध अपराधसम्बन्धी अदालतको स्थापना गरेका थिए ।
उनले बंगलादेशका स्वतन्त्रता सेनानी सेख मुजिबर रहमानी छोरी छिन् । बङ्गलादेशले सुरु गरेको स्वतन्त्रता संग्रामको समयमा भएको आमहत्या, बलात्कार, एवम् कैयौंँ ज्यादतिका विरुद्धमा यस अदालतले कारबाही गर्दै आएको छ । रासस÷सिन्ह्वा
bangladesh ma mirtuedanda