
साउन २६ । इराकको राजधानी बगदादको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ । आगलागी यारमाउक अस्पतालमा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
अस्पतालमा लागेको आगो निभाउन करिब ३ घण्टा समय लागेको थियो ।
अन्य सात बालबालिका र २९ महिलाहरुलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ । १९ जनाको शरीरको केही अंशहरु जलेको र श्वास प्रश्वासमा समस्या देखेको उपचारमा संलग्न डक्टरहरुले बताएका छन् ।
आगलागीको कारण विद्युत शट भएर भएको हुन सक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
irakma aglagi