नेविसंघका नेताले अनसन तोडे
साउन - २६ । विधानसम्मत महाधिवेशनको माग गर्दै ११ दिनदेखि अनसन बसेका नेविसंघका नेताहरूले अनसन तोडेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसन बसेका नेविसंघको पुर्व केन्द्रीय सदस्य गणेश सापकोट र रामेछापका विद्यार्थी नेता रत्नहरि ढुंगेललाई जुस खुएर अनसन तोडाएका थिए । विधिविपरीत प्रतिनिधि छानिएको विरोधमा कुन्दन काफ्ले समूहका कार्यकर्ताहरु पार्टी कार्यालमा अनशन बसेका थिए ।
सभापति देउवाले जयाज माग सम्बोधन गरिएकाले अनसन तोडिएकामा धन्यवाद समेत दिए ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनीलाई आठौ दिन मोडल अस्पताल सारिएको थियो । पुनः स्वास्थ्य अवस्था बिग्रिएपछि सापकोटा र ढुंगेललाई ओम अस्पतालमा भर्ना गरिएको थियो । दुवै जनलाई देउवाले ओम अस्पतालको आइसीयुमा पुगेर अनसन तोडाएका हुन् । देउवासँगै नेता कृष्णप्रसाद सिटौला पनि पुगेका थिए ।
ansan tode
nebi sang