News

दाहाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर

दाहाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
bises adalat साउन - २६ । नेपाल विद्युत प्राधिकरण सूचना विभाग रत्नपार्कमा कार्यरत रहँदा कम्प्युटर इन्जिनियर बिदुर दाहालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्युत प्राधिकरण काठमाडौँ सूचना प्रविधि विभागमा कम्प्यूटर इन्जिनियर (तह ७) पदबाट सेवा प्रवेश गरी २०६२ सालदेखि २०७२ सम्म सोही पदमा बहाल रहँदा दाहालले रु एक करोड छ लाख आठ हजार ५१७ गैरकानुनी सम्पत्ति आर्जन गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम रु एक करोड छ लाख आठ हजार ५१७ बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरीवाना र कैद सजायको माग गर्दै आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले अभियुक्त दाहालका नाममा रहेको स्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न पनि माग गरेको छ । रासस

bidhut pradhikaran bises adalat

विशेष