विदेश

'साउथ चाइना सी'को विवादमा चासो नदेखाउन भारतलाई सचेत

'साउथ चाइना सी'को विवादमा चासो नदेखाउन भारतलाई सचेत
ChinaIndiaसाउन - २६ । चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणको क्रममा भारतलाई साउथ चाइना सीको विवादबाट टाढै रहन सचेत गराएको छ । चिनियाँ विदेशमन्त्री आगामी अगष्ट १३ मा नयाँ दिल्ली जाँदैछन् । यो विषयमा अनावश्यक चासो नदेखाउन चीनले भारतलाई सचेत गराएको हो । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले साउथ चाइना सीको विषयमा भारतको अनावश्यक संलग्नताले २ देशबीचको सम्बन्ध प्रभावित हुन नहुने भन्दै भारतलाई नचाहिने कुरामा निहुँ नखोज्न चेतावनी दिएको हो । साउथ चाइना सीको विषयमा भारतले अनावश्यक पाखुरा सुर्किँदा दुई देशबीचको सम्बन्धमा समस्या आउने तर्फ ग्लोबल टाइम्स पत्रिकाले सचेत तुल्याएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्ने गरी दिल्ली जान लागेका उनको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री चीन जाने विषयमा पनि कुरा हुन सक्ने बताइएको छ ।

China China-India India South Sea

विशेष