News

सुनिल पोखरेल अस्पतालबाट डिस्चार्ज

सुनिल पोखरेल अस्पतालबाट डिस्चार्ज
Sunil Pokhrel साउन - २६ । अस्वस्थ भएर अस्पताल भर्ना भएका वरिष्ठ रंगकर्मी सुनिल पोखरेल डिस्चार्ज भएकाे छ। गएराती एक्कासी अस्वस्थ भएपछि उनलाई नर्भिक अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा पोखरेलको शरीरमा कुनै रोग नदेखिएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ । कुनै राेग नदेखिएपछि अस्पतालले उनलाई डिस्जार्च गरेको हो । सिजर अट्याकका कारण उनी बेहोस भएको अस्पतालले जनाएको छ । उनकी श्रीमती तथा रंगकर्मी निशा शर्माका अनुसार पोखरेलको स्वास्थ्य अवस्था अहिले ठिक छ ।

Sunil Pokhrel

विशेष